दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार
वि.सं.२०७९ जेठ २२ आइतवार १२:४०

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । यो कार्यक्रम आर्थिक वर्ष २०७५–७६ बाट सुरु गरिएको थियो । कार्यक्रम सुरु भएयता हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
आर्थिक वर्ष २०७५र७६ मा २६ जना, २०७६–७७ मा ८७ जना, २०७७र७८ मा १०३ जना र चालु आर्थिक २०७८–७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
वि.सं.२०७९ जेठ २२ आइतवार १२:४०

















