सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु
वि.सं.२०७९ जेठ २८ शनिवार १०:०७
1.9K
shares

काठमाडौं । सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–७ स्थित मदिरा कम्पनीमा करेन्ट लागेर ईश्वरपुर–९ का ४० वर्षीय मनोज चौधरीको मृत्यु भएको हो।चौधरी मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रालिमा कार्यरत मजदुर हुन्।
बिग्रिएको मोटर बनाउनेक्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि तत्कालै बयलवासमा रहेको एक स्वास्थ्य संस्थामा पुर्याइएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
वि.सं.२०७९ जेठ २८ शनिवार १०:०७

















