skip this

आगामी तीन दिन देशका धेरै नदीमा बहाव बढ्ने, सतर्क रहन विभागको आग्रह

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । केही दिन देखि देशका बिभिन्न स्थानमा परेको निरन्तर बर्षाका कारण आगामी तीन दिन देशका धेरै नदीमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्नसक्ने विभागको भनाइ छ ।

कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

nijgadh-supermart-adz1200-630