सप्तरीमा सिलिन्डर पड्केर आगलागी, तीन जना घाइते
वि.सं.२०७९ साउन १ आइतवार १४:०४
1.13K
shares

काठमाडौं । सप्तरीको बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएको आगलागीमा तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा तीन जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो घटनामा आगो निभाउन गएका कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका छन । प्रहरीका अनुसार यादवको घरमा एकै पटक तीन वटा ग्यास सिलिन्डर पड्किएको थियो ।
आगलागीमा घरमा रहेको नगद १ लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी, एक थान साइकललगायत सामान जलेर पूर्ण रुपमा नष्ट भएको घरधनी यादवले जानकारी दिएका छन ।
वि.सं.२०७९ साउन १ आइतवार १४:०४
















