skip this

सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावैका २४ बर्षीया दीपेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर–१० को नयाँगाउँ टोलमा संकास्पद रुपमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीका अनुसार उनलाई सोधपुछ गरेर खानतलासी गर्दा ५२० मिलिग्राम लागु औषध फेला परेको हो ।

nijgadh-supermart-adz1200-630