आजबाट मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुला
वि.सं.२०७९ साउन ९ सोमवार ०८:२८
1.68K
shares

काठमाडौं ।मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
१२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ ।
वि.सं.२०७९ साउन ९ सोमवार ०८:२८
















