skip this farak Kura Pravakar

विराटनगरमा आफ्नै घरभित्र जलेर मृत्यु भएको वृद्धाको शव फेला

894 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । विराटनगरमा आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ। विराटनगर –९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव जलेको अवस्थामा घरको कोठाभित्र फेला परेको हो।आगोले जलेर वृद्धाको मृत्यु भएको खबर आइतबार साँझ ७:३० बजेतिर प्रहरीले प्राप्त गरेको मोरङ प्रहरीले जनाएको ।कोठा बन्द गरेर वृद्धा आफैंले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ। शवनजिकै मट्टितेलको ग्यालेन पनि भेटिएको छ ।

प्रहरीका अनुसार घटना भएका बेला परिवारका अन्य सदस्य घरको माथिल्लो तलामा रहेको पाइएको छ। उनीहरूले घटनाका बारेमा केही पनि थाहा नपाएको प्रहरीलाई बताएका छन्। कोठाको चुक्कुल भित्रबाट लगाएको र आगोले जलेको अवस्थामा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630