फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको जीवनराम श्रेष्ठको आरोप
वि.सं.२०७९ साउन १४ शनिवार १२:५९

काठमाडौं । फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताएका छन्। होरमैलाको व्यवस्थापन सामान्य कुरा भएपनि त्यहाँ भित्रको गिरोहले त्यसलाई ठूलो समस्या बनाइरहेको मन्त्री श्रेष्ठको भनाइ छ। आज काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोरमैलाको व्यवस्थापन स्थानीय तहहरुले आफ्नै स्रोतबाट गर्नुपर्ने बताए।
मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए।पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको मन्त्री श्रेष्ठको भनाइ छ। सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिए।
वि.सं.२०७९ साउन १४ शनिवार १२:५९
















