skip this farak Kura Pravakar

थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई बिरुद्ध मुद्धा

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक -असई- बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ। राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएको आधारमा चौलागाईँलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको हो ।

nijgadh-supermart-adz1200-630