skip this

सुचिता काफ्लेको तीन मुक्तक

3.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

१ (एक)

सतर्क हुन मन लाग्छ मलाई दुनियाँ झुट्टा देखेर
यथार्थ हैन मात्रै बनावटी कुराको फूल बुट्टा देखेर

दिनमा माखो नमार्नेले रातमा जुनतारा झार्छु भन्छन
लाजै लाग्छ हरे आजकालका यिनी भूई फुट्टा देखेर ।

२ (दुई)

छुद्र व्यवहार गर्नेको देख्छु अशल बानी भएन
धोईपखाली गरेर पनि कालो पन जानी भएन

अरूलाई सधै तल पारी आफू माथी बस्नु पर्ने
लोभको भाँडो नभरिए सम्म मान्छे ज्ञानी भएन ।

३ (तीन)

उज्यालोको अभाव भोग्नेको अध्याँरो छ भित्र
बुझ्नै कठिन हुँदोरहेछ मान्छेको जातको चरित्र

आफ्नोपन देखाई यहाँ खुट्टा तानी लडाउनेलाई
रतिभर नगर्नु विश्वास उसलाई संझेर असल मित्र ।।

–सुकेधारा, काठमाण्डौं

nijgadh-supermart-adz1200-630