skip this

फोहोरलाई मोहरमा बदल्न नयाँ योजना पनि सुरु गर्नेछौँ : सुनिता डंगोल [अन्तर्वार्ता]

सुनिता डंगोल, उपप्रमुख, काठमाण्डौं महानगरपालिका

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

देशको राजधानी काठमाण्डौंमा फोहोर व्यवस्थापनको समस्या जटिल बनेको छ । काठमाण्डौंमा नयाँ नेतृत्व आएसंगै यो समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर, यो फोहोर बिर्सजन हुदै आएको बञ्चरेडाँडामा स्थानीयले पटक–पटक अवरोध गर्दा काठमाण्डौंका सडकमा फोहोर थुप्रिने क्रम रोकिएको छैन । यसैसन्दर्भमा काठमाण्डौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालसंग गरिएको कुराकानी :

काठमाडौंको फोहोरको दीर्घकालीन समाधान के होला ?

–हामीले फोहोरलाई सदुपयोग गर्ने योजना बनाएका छौँ । जसअनुसार कुहिने फोहोरबाट हामीले मल बनाउँछौँ । यसबाहेक फोहोरलाई मोहरमा बदल्न नयाँ योजना पनि सुरु गर्नेछौँ ।

अहिलेको समस्या समाधान कसरी हुदैछ ?

–अहिले फोहोरमा देखिएको समस्या समाधानका लागि हामिले दिनहुँ छलफल गरिरहेका छौँ । स्थानीयवासी, सहरी विकास मन्त्रालय, स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ । सम्भवतः छिट्टै समाधान होला ।

कुहिने र नकुहिने फोहोर वर्गीकरणमा महानगर किन चुक्यो ?

–फोहोर वर्गीकरणबारे हाम्रो अभियान जारी छ । कुहिने र नकुहिने फोहोर अलगअलग गरी उठाउने योजना बनाउदै गर्दा स्थानीयवासीबाट अवरोध भयो । त्यस्तो अवस्थामा कुहिने र नकुहिने फोहोरलाई अलगअलग गर्न सम्भव भएन । हाल सडकमा थुप्रिएको फोहोर उठाइसकेपछि हामी सो योजनालाई निरन्तरता दिनेछौँ । त्यसका लागि पुनः तालिका बनाउनेछौँ ।
–नयाँपत्रिका दैनिकमा प्रकाशित

nijgadh-supermart-adz1200-630