नेपाल बुद्धिजीवी परिषद निजगढको अध्यक्षमा मणिश्वर घिमिरे चयन
वि.सं.२०७९ भदौ २५ शनिवार २२:०२

बारा– नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद निजगढको अध्यक्षमा मणिश्वर घिमिरे चयन भएका छन् ।
नेपाल बुद्धिजीवी परिषद निजगढ नगर कमिटीको अधिवेशनले मणिश्वर घिमिरेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
नगर कमिटीको उपाध्यक्षमा बाल कुमारी सिंजाली, सचिवमा रमेश तिमल्सिना, कोषाध्यक्षमा राजकुमार सापकोटा, सह सचिवमा सतिश कुमार कर्ण र संगीता खतिवडा न्यौपाने चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा थानेश्वर सापकोटा, कुश बहादुर थापा, हरि चौलागाई, नवीन खनाल, गोबिन्द खरेल, श्रीहरि न्यौपानेलगायत ४९ सदस्यिय नगर कमिटी गठन भएको छ ।

यसअघि अधिवेशनको नेकपा (एमाले) का पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथिमा पोलिट ब्युरो ददस्य अच्युत मैनाली, ज्वाला शाह, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, बारा जिल्ला समन्वय समितिका उपप्रमुख चण्डिका उप्रेतीलगायत पार्टीका नेता शिक्षक, कर्मचारी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७९ भदौ २५ शनिवार २२:०२

















