skip this farak Kura Pravakar

सेयर बजारमा करिब २४ अङ्कले ओरालो लाग्यो

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार आ७ सय १५ दशमलब १३ मा झरेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ।

यस्तै, कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा पनि गिरावट आएको छ। आइतबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ।

nijgadh-supermart-adz1200-630