skip this

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साको आग्रह

4.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज–आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।

निर्वाचनलाई निस्पक्ष, विश्वश्नीय एव् शान्तिपुर्ण रुपमा सम्पन्न गराउने उद्देश्यले आगामी कार्तिक ५ गते भित्र नजिकका प्रहरी इकाइहरुमा इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ,–बुझाईएका हातहतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएको एक हफ्तापछि हतियार धनीलाई फिर्ता गरिने छ ।

निर्धारित समयभित्र हतियार नबुझाई अटेर गरेको खण्डमा कारवाही गरिने विज्ञप्ती मार्फत जनाईएको छ ।

nijgadh-supermart-adz1200-630