काेल्हवी दुर्घटना : वार्ता सहमति नजिक, अतिरिक्त क्षतिपुर्ति माग
वि.सं.२०७८ असोज २८ बिहीवार १९:११

बारा : बाराकाे काेल्हवीमा भएकाे सवारी दुर्घटनामा ज्यान गुमाएका परिवार र ठक्कर दिने सवारी पक्ष बिचकाे छलफल सहमति नजिक पुगेकाे छ ।
स्थानीय प्रशासनकाे उपस्थितिमा भएकाे वार्तामा मृतक परिवारलाइ सरकारी नियम भन्दा बढी राहत स्वरुप क्षतिपूर्ति दिने विषयमा छलफल भएकाे नेकपा (एमाले) का नेता ढुण्डिराज उप्रेतीले जानकारी दिए ।
छलफलमा अतिरिक्त रकम दिने विषयमा सहमति नजिक पुगिएकाे नेता उप्रेतीले बताए ।
उनका अनुसार काजकिरिया खर्च छुट्टै दिने र थप राहत रकम दिने विषयमा सहमति जुटेकाे छ । तर के कति दिने भन्ने विषयमा छलफल जारी रहेकाे र भाेली विहानसम्ममा लिखित सम्झाैता हुनेछ ।
सहमति भएसंगै भाेली नै ११ बजेसम्म शवकाे अन्त्यष्टि गर्ने विषयमा छलफल भएकाे छ ।
गएराती कार र मोटरसाईकल एक आपसमा ठोक्किदा कोल्हवी- २ पुरानो काटाँका ३८ वर्षिय पेमा दोर्जे घिसिङ्ग र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटना स्थलमैं मृत्यु भएको थियाे ।
तामागढीबाट कोहल्वीतर्फ गईरहेको बा.११.च.४५११ नम्बरको कारले कोहल्बीबाट निजगढतर्फ आईरहेको ना.५९.प.१२७० नम्बरको मोटरसाईकललाई ठक्कर दिएकाे थियाे ।
दुर्घटनामा परि कारमा सवार तीन जना भने घाइते भएका छन् । कारका चालक कोल्हवी-२ भलुवाईखोरका ५० वर्षिय बद्री अधिकारी सामान्य घाइते भएका छन् । उनलाई ईलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारमा सवार १८ वर्षिय रोहित पण्डितको टाउकोमा चोट लागेको छ ।
त्यसैगरी कार मैं सवार रौतहट बिजयपुर फतुवा बस्ने २५ वर्षिय विवेक चौधरीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरु सबैको कोहल्बीमा उपचार गरिएको छ । भने मृतकहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ ।
वि.सं.२०७८ असोज २८ बिहीवार १९:११
















