skip this

वडा अध्यक्ष सुनिल गुप्ता : कार्यबाहक दिने अराजकता मच्चाउने !

4.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- प्रहरीले पक्राउ गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता कार्यबाहक दिएर अराजक गतिविधिमा पाईएकाे छ ।

अध्यक्ष गुप्ताले बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालय रहेकाे जीतपुरसिमरा उपमहानगरपालिकामा तालाबन्दी गरेका थिए ।

उनले वडा सदस्य सीता उप्रेतीलाई कार्यबाहक दिएका थिए । कार्तिक १५ गते घरायसी कामकाजकाे लागि भन्दै कार्यबाहक दिएका थिए ।

ईलाका प्रहरी कार्यालय सिमराबाट पुगेको प्रहरी टोलिले गुप्तालाई निर्वाचन कार्यालय परिषरबाट पक्राउ गरेको थियाे।

जीतपुरमा तालाबन्दी गर्ने वडा अध्यक्ष गुप्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा गुप्तालाई पक्राउ गरिएको बताए । ‘वडा अध्यक्ष गुप्तालाई निर्वाचन कार्यालयको मुल गेटमा ताला लगाएको हुनाले पक्राउ गरेका हौ, उनले निर्वाचन बिरोधी गतिविधि गरेको प्रष्ट हुन्छ’ उनले भने ।

जीतपुरको निर्वाचन कार्यालयमा वडा अध्यक्ष गुप्ताले लगाए ताला, कार्यालयमै थुनिए कर्मचारी

nijgadh-supermart-adz1200-630