उमाकान्त चौधरी अर्थात जनताको विजुली मन्त्री ! जसले गाउँ गाउँमा पु¥याए विद्युत (भिडियो)
वि.सं.२०७९ कात्तिक २६ शनिवार १६:५५

काठमाण्डौं–एउटा युग थियो, टुकी र लाल्टीनको भरमा रात कटाउनु पर्ने । शहरको उज्यालो हेरेर अन्धकार जीवन बिताएका बाराको ग्रामिण भेगको अन्धकार युगको अन्त्य भयो । यसको स्रेय पाउने पात्र हुन्, उमाकान्त चौधरी । उनलाई यहाँका जनताले विजुली मन्त्रीको उपमा दिएका छन् ।
सरकारका खानेपानी मन्त्री रहेका चौधरी बारा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । उनी पुनः यहिँबाट चुनावी मैदानमा छन् ।
उनको पहलमा दजनौं गाँउबस्ती झलमल्ल भएको छ । विद्युत तार, पोल पु¥याउनेदेखि पछिल्लो समय यसको स्तरउन्नतीमा पनि चौधरी लागि परिरहेका छन् ।
२०५६ देखि उनले बस्तीहरुलाई उज्यालो बनाउने अभियान थाले । जसका कारण बारा क्षेत्र नं. १ का निजगढ, कोल्हवी, आदर्शकोटवाल, बारागढी र सिम्रौनगगढका बस्तीहरुमा विद्युतीयकरण गराएका हुन् । उनले सिम्रौनगढको श्रीनगर बैरियाबाट थालेका थिए । आफ्नो गाँउमा बत्ती नबालेर कोल्हवीमा विद्युतीयकरण गराएको सम्झन्छन् । विद्युत बालेको स्रेय पाउँछ भनेर एमालेले बाटोमा लाईन काट्ने गरेको स्मरण गरे ।
उनको पहलमा रतनपुर सिंगौल पावर हाउस निर्माण सम्पन्न भएको छ भने सिम्रौनगढ विद्युत पावर हाउस सञ्चालन भईसकेको छ भने कोल्हवी सव स्टेशन निर्माण कार्यको थालनी भएको छ ।
प्रायोजित भिडियो
https://www.facebook.com/faraknepaltv/videos/1125868584707136
वि.सं.२०७९ कात्तिक २६ शनिवार १६:५५

















