skip this

निर्वाचन आयोगले सोध्यो सदस्यसचिव टंकलाल घिसिङलाई स्पष्टीकरण

690 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रको प्रचारप्रसारमा रामेछाप पुगेपछि उनलाई आषेगले पत्र काटेको हो ।

निर्वाचन आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । दलको प्रचारप्रसार गरेको ठहर भएमा आयोगले कारबाही गर्ने भएको छ ।
 

nijgadh-supermart-adz1200-630