skip this farak Kura Pravakar

अन्ततः सधैंलाई अस्ताए वरिष्ठ पत्रकार रमानन्द !

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : नेपाल पत्रकार महासंघ, प्रदेश–२ का उपाध्यक्ष रमानन्द गुप्ताले शनिबार विहानीपख अन्तिम स्वास फेरेका छन् । मस्तिष्कघात भएर विराटनगरमा उपचार गराईरहेका गुप्तालाई शुक्रबार घर फर्काईएको थियो ।
पत्रकार गुप्ताको निधनभएको खबर दिउँसैबाट प्रकाशित भईरहेका थिए । साँझ सिराहास्थित घर ल्याईपु¥याउँदा पत्रकार गुप्ताले ‘रेस्पोन्स’ दिएपछि तत्काल अस्पताल पु¥याईएको थियो । उनको विराटनगरमा उपचारको क्रममा २ः३० बजे राती निधन भएको नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्णले जानकारी दिए ।
भन्दै उनका परिवारजनले दाहसंस्कारको तयार समेत गरेका थिए । त्यसैलाई आधार मानेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु रातउ लगायत अगुवा सञ्चारकर्मीले श्रद्धाजली व्यक्त गरेका थिए । जिउँदै पत्रकारलाई श्रद्धाञ्जली दिएको भन्दै मुख्यमन्त्री राउतको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
वरिष्ठ पत्रकार गुप्ताले सिराहा जिल्लालाई कार्यक्षेत्र बनाएर लामो समय पत्रकारिता गरेका थिए । उनको त्यस क्षेत्रको पत्रकारितामा ठुलो योगदान रहेको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

nijgadh-supermart-adz1200-630