अर्जेन्टिनाले बनायो दोब्बर अग्रता
वि.सं.२०७९ पुस ३ आइतवार २१:३५

काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ।
३६ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो।
यसअघि लियोनल मेसीले पेनाल्टीमार्फत् गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए।
डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए ।
फाइनल खेल कतारको लुसिल स्टेडियममा सुरु भएको हो ।
यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।
फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । खेललाई विश्वभरबाट चासोका साथ हेरिएको छ ।
वि.सं.२०७९ पुस ३ आइतवार २१:३५

















