निजगढमा तीन जना सवार माेटरसाइकल ट्रकमा ठाेक्किदा दुई युवाकाे घटनास्थमै मृत्यु

वि.सं.२०७९ पुस ३ आइतवार २२:५१

बारा-पुर्वपश्चिम राजमार्ग अन्तरगत बाराकाे निजगढ नगरपालिका-१ स्थित सिम्री जाने बाटाे अगाडी भएकाे माेटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु भएको छ ।
तीन जना सवार माेटरसाइकल राेकि राखेकाे ट्रकमा ठाेक्किदा दुई युवाकाे घटनास्थमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सडकमा राेकि राखेकाे प्रदेश २ ०३/००१ख ४२२९ नम्बरको ट्रककाे पछाडी तिब्र गतिमा रहेकाे प्रदेश २ ०३ ००९ प ३९४३ नम्बरकाे माेटरसाइकल ठाेक्किएकाे थियाे ।
दुर्घटनामा माेटरसाईकल चालक राैतहटकाे गुजरा नगरपालिका- ३ सिम्रीका २६ वर्षिय भुवन पहाडी र साेहि ठाउँका माेटरसाईकलमा सवार २७ वर्षिय रितबहादुर राईकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा साेहि ठाउँमा माेटरसाईकलमा सवार २४ वर्षिय सुशील माझी घाइते भएका छन् । उनलाइ निजगढमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको छ ।
निजगढबाट चपुरतर्फ जाँदै गरेकाे अवस्थामा साेहि दिशामा राेकिराखेकाे ट्रकमा माेटरसाईकल ठाेकिएकाे हाे ।

वि.सं.२०७९ पुस ३ आइतवार २२:५१