गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको प्रचण्डको दाबी
वि.सं.२०७९ पुस ४ सोमवार १२:०१

काठमाडौं। पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।निर्वाचनपछि सबै राजनीतिक दल र नेताहरूसँग छलफल हुनु स्वभाविक प्रक्रिया भएको उनले बताए। प्रधानमन्त्रीका लागि आफूले सबै कुरा दाउमा नराखेको पनि प्रचण्डको भनाइ थियो।
विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने बताएका छन् ।
त्यस्तै अध्यक्ष प्रचण्डले पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताएका छन्। उनले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताएका छन्।उनले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्।
वि.सं.२०७९ पुस ४ सोमवार १२:०१

















