skip this

राजनीतिलाई कमाउधन्दाको रुपमा नभई सेवाको रुपमा लिएको छु–प्रकाशमान सिंह

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अभिभावकको रुपमा जनताको सेवामा सक्रिय हुने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माविमा आज बिहान आयोजित एक कार्यक्रममा सिंहले, राजनीतिलाई कमाउधन्दाको रुपमा नभई सेवाको रुपमा लिएको भन्दै त्यसकै लागि आफू सक्रिय रहने बताएका हुन ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सिंहले भने, ‘कुनै एउटा दलबाट निर्वाचित भएपनि सबैको गार्जेनको रुपमा काम गर्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझेको छु ।’उनले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्या समाधान गर्ने वाचा चुनावमा गरेको भन्दै त्यसलाई पूरा गर्न इमान्दारीपूर्वक सक्रिय रहने बताए ।

nijgadh-supermart-adz1200-630