skip this

११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा अनुबन्धित

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससमा हुने भएको छ । नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । डिसेम्बर ७ तारिकका दिन बृहत पत्रकार सम्मेलन गरि अवार्डको ११ औं संस्करण टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको थियो ।  त्यस्तै ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने भएका छन् । आयोजक सदस्य किसन रेग्मीका अनुसार म्युजिक भिडियो र पाश्र्वगायनमा समेत चर्चित यी गायकको संलग्नताले अवार्डको सांगीतिक पक्षलाई अब्बल बनाइने छ ।

आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ८८४८ मिडिया हाउस र आर्यन फिल्मस रहेका छन् ।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, यूएस खबर र आर्यन फिल्म्ससँग सहकार्य गर्दैछ । आगामी जनवरीमा हुने पत्रकार सम्मेलनमार्फत अवार्डबारे विस्तृत जानकारी सार्वजनिक गर्ने नेफ्टाको तयारी छ । अवार्ड समारोह ६ हजार ३ सय सिट क्षमता रहेको टेक्ससको ट्रस्ट सीयू थिएटरमा आयोजना गरिने छ ।

nijgadh-supermart-adz1200-630