सराेज यादवलाई मुख्यमन्त्री बन्ने बाटाे खुल्याे
वि.सं.२०७९ पुस २५ सोमवार १५:२०
2.28K
shares

काठमाडौं-जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् ।
सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।
मधेस प्रदेशकाे पहिलो कार्यालयमा सभामुख भएका यादब बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका हुन् ।
यादब संसदीय दल नेता चयन भएसंगै मुख्यमन्त्री बन्ने बाटाे खुलेकाे छ । यादबले चुनावी अभियानमा आफू मुख्यमन्त्री बन्ने भन्दै जनतासंग मत मागेका थिए ।
वि.सं.२०७९ पुस २५ सोमवार १५:२०

















