मधेश प्रदेशः मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै
वि.सं.२०७९ माघ ४ बुधवार ०८:५५
1.92K
shares

काठमाडौं। आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिंदैछन् ।आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले सामर्थन दिंदा उनलाई हाल ७२ सांसदको समर्थन छ ।
आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ७२ प्रदेश सांसदको समर्थन छ ।
वि.सं.२०७९ माघ ४ बुधवार ०८:५५

















