skip this

गृहमन्त्री लामिछानेले दोहारो नागरिकता लिएर कानून मिचे –भीम रावल

1.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर नेपालको कानून मिचेको नेकपा (एमाले) का नेता भीम रावलले आरोप लगाएका छन् । आज सामाजिक सञ्जाल मार्फत उनले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको बताएका हुन् ।

नेता रावलले गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्ने बताएका छन् । गृहमन्त्रीबाट कानून मिचिएको उनको आरोप छ । गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ ।

nijgadh-supermart-adz1200-630