skip this

रौतहटको बृन्दावनका मेयर विरुद्ध खनिए स्थानीय ! दाेहाेराे झडपमा ४ जना घाइते

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट – रौतहटको बृन्दावन नगरपालिकास्थित वागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।

सो झडपमा परी दुबै पक्षका चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नगर प्रमुख विनोद पटेलले क्रसरको नाममा मनपरी गरेको भन्दै स्थानीयवासीले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरि दिएका छन् ।

जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरका अनुसार बृन्दावनस्थित बाग्मती खोलावाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको हो ।

सो झडपमा केही घाइते भएको खबर प्राप्त भएसँगै त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको उनले जानकारी दिए । जसकाकारण अहिले अवस्था सामान्य हुदैँ गएको छ ।

घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।

nijgadh-supermart-adz1200-630