skip this farak Kura Pravakar

टर्कीमा गएको भूकम्पमा परि मृत्यु हुँनेको संख्या २८ हजार नाघ्यो

480 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ।उद्धारकर्मीहरूका अनुसार टर्कीमा २४ हजार तथा सिरियामा ४ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

टर्कीमा विनाशकारी भूकम्प गएको ७ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्पमा परी १ लाख भन्दा बढी मानिस घाइते भएका छन्।राष्ट्रसंघका विशेषज्ञले टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या यसको दोब्बर हुन सक्ने बताएका छन्।

त्यस्तै प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । बेलायतलगायत देशले टर्कीए र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् । अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।

nijgadh-supermart-adz1200-630