कविता : चियर्स
वि.सं.२०७९ फागुन २ मंगलवार १४:३०

लाग्छ आज यो मौषमलाई पनि
मलाई जस्तै नशा चडेको छ
ऊ हावा बनेर मलाई स्पर्श गरिरहन्छ
मेरा फुकेका केशहरू
निधारसम्म झार्न उसलाई
रमाइलो लागिरहेछ
ऊ म सङ्ग रमाएको छ
म मेरो मनसङ्ग रमाएकी छु
हो आज हामी दुबै रमाएका छौँ
मलाई नै हल्लाउन आए जस्तो लाग्छ
यी हावाका प्रत्येक झोकाहरू
उसले छुट्टै मादकता बोकेर आएको छ
म जस्तै,
आज यो हावा पनि रोमाञ्चीत
बनेको छ
ऊ मसङ्ग खेलिरकेको छ
म मनसङ्ग खेलिरहेकी छु
लाग्छ यो हावा
र यो मन
एकैसाथ उसलाई पठाऊँ
या उसलाई नै ल्याएर
यो मौषममा बसाऊँ
जो मेरो मनको नजिक छ
अनायासै म उसैको साथमा
पुगेको कल्पनामा हराउँछु
हावाले मलाई कल्पनाबाट
झस्काई रहन्छ र
साथमा रहेका साथीहरू देखाउँछ
म हावाको कुरा सुन्दिन
मलाई आज आफ्नै मनसङ्ग
हराउन मन छ
जहाँ मेरो प्रिय मान्छे बसेको छ
यो मौषम
यो हावा
अनि म
आज सबै मातिएका छौँ
त्यसैले
हातमा गिलास उठाउँदै
सम्झन्छु
ओ ! प्यारो मान्छे
आउन सङ्गै बसौँ
तिमी गिलास उठाउँनु
म गिलास उठाउँला
अनि एकैसाथ भनौँला ।
चियर्स !!
–दुवाकोट, भक्तपुर
वि.सं.२०७९ फागुन २ मंगलवार १४:३०
















