skip this

आज आठ दलीय गठबन्धनको बैठक बस्दै, यस्तो छ कार्यसुची

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो ४ बजे आठ दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाएका छन् तर सत्ता गठबन्धनको पुस १० को समझदारी भन्दै एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ।

nijgadh-supermart-adz1200-630