skip this

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आज साँझ ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले शनिबार उम्मेदवारी दिएका थिए ।गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने उजुरीकर्ताको दाबी छ ।उपराष्ट्रपतिको निर्वाचनको सम्बन्धमा आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा कानुन व्यावसायीहरुले ध्यानाकर्षण पत्रसमेत बुझाउँदैछन् ।उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा हुँदैछ ।

nijgadh-supermart-adz1200-630