जनयुद्धकालिन शहीदलाइ राष्ट्रिय शहिदकाे मान्यता ! ८३७१ जनाकाे नाम राजपत्रमा प्रकाशन
वि.सं.२०७९ चैत ३ शुक्रवार २३:५७

काठमाडौं- तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेकाे जनयुद्धमा ज्यान गुमाएकाका ब्यक्तिहरुलाई राष्ट्रिय शहिदकाे मान्यता दिईएकाे छ ।
सरकारले जनयुद्धकालिन शहीदलाइ राष्ट्रिय शहिदकाे मान्यता दिने गरि राजपत्रमा नाम प्रकाशित गरिएको छ ।
सरकारले जनयुद्धसहित ८३७१ जनाकाे नाम राजपत्रमा प्रकाशन भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
जनयुद्ध र जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिदको सम्मान गर्दै विभिन्न मितिमा सहिद घोषणा गरेका ८३७१ जना सहिदको विवरण प्रकाशित गरिएको मल्लले बताए ।
नेपाल सरकारकाे १५ फागुनको मन्त्रीपरिषदको निर्णय अनुसार २९ फागुनमा राजपत्रमा प्रकाशित गरिएकाे हाे ।
घोषणा भएका कतिपय सहिदको विवरणमा केही अस्पष्टता देखिएकोले त्यसलाई राजपत्रमा प्रकाशित गर्नु पुर्व सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्पष्ट गरि पेश गर्नु पर्ने भएकोले छुट लिस्ट केहि दिन भित्र निर्णय गरि पुनः प्रकाशन गर्ने सरकारकाे तयारी छ ।
वि.सं.२०७९ चैत ३ शुक्रवार २३:५७

















