skip this farak Kura Pravakar

लोकतन्त्रमा व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन–शेखर कोइराला

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। व्यक्तिगत फोन रेकर्ड गर्नेगरी सरकारले ल्याउन लागेको व्यवस्थाको सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले विरोध गरेका छन्।सरकारले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयकमा व्यक्तिको मोबाइलमा सिधै पहुँच राखेर रेकर्ड गर्न सकिने व्यवस्था गरिएको छ।सोही प्रावधानप्रति असहमित राख्दै आज समाजिक सञ्जाल मार्फत उनले सरकारको नियतमाथि प्रश्न उठेको डा.कोइरालाले बताएका छन्।

उनले आज सामाजिक सञ्जाल लेखेका छन्,‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन। विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’डा.कोइरालालले राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यानार्षण गराएका छन्।

nijgadh-supermart-adz1200-630