skip this farak Kura Pravakar

सोमाली राष्ट्रिय सेनाद्वारा कारबाहीः तीस जना लडाकु मारिए

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लडाकु मारिएका छन्भने अन्य धेरै जना घाइते भएका छन् ।राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीका अनुसार आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा उनीहरू मारिएका हुन् । सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । झडपमा सैनिक तथा समर्थक समूहमा भएको हताहतीबारे कुनै जानकारी दिइएको छैन ।

अल–शबाब चरमपन्थी समूहले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ ।गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको छ । राष्ट्रपतिले अल–शबाब लडाकूहरूलाई परास्त गर्न सैन्य कारबाहीलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

nijgadh-supermart-adz1200-630