skip this farak Kura Pravakar

कांग्रेस अलमलिंदा र लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छः महामन्त्री थापा

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित भएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने बताएका छन् । नेपाली समाजको निराशाको कारण पनि यही भएको उनको भनाई छ ।

महामन्त्री थापाले भने, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ ।’उनले अब लय बिराएको कांग्रेसमा थिति बसाल्नुपर्ने बेला आएको बताए । अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उनको भनाइ छ ।

त्यस्तै महामन्त्री थापाले निर्वाचन प्रणाली बदल्नुपर्ने वेला भएको बताएका छन्। संसद्लाई समावेशी बनाउन अहिलेको समानुपातिक निर्वाचन प्रणाली अपनाइएको उनको भनाइ थियो।

अन्य उपायले पनि संसद्लाई समावेशी बनाउन सकिने उनको भनाइ थियो। “संसद्लाई समावेशी बनाउन यस्तो निर्वाचन प्रणाली बनाएका हौं,” थापाले भने, “संसद्लाई समावेशी बनाऔं, निर्वाचन प्रणाली बदलौं।”

उनले प्रतितिधि सभामा समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने जिकिर गरे। “प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली नराखौं,” थापाले भने, “१६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्र महिलाका लागि रिजर्भ गरौं। त्यसमा सबै पार्टीको महिला मात्रै लड्नुहुन्छ।”

हिलेको निर्वाचन प्रणालीका कारण गठबन्धन बनेको उनको भनाइ थियो। काम नलाग्ने भयो भने गठबन्धन बदलिने उनको भनाइ थियो। “हामी एउटा गठबन्धनमा छौं। गठबन्धन चित्त बुझेन, ठीक ढङ्गले गएन भने बदलिन्छ,” थापाले भने।

nijgadh-supermart-adz1200-630