skip this

ललिता निवास प्रकरणः सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललिता निवास प्रकरणको सुनवाई नसकिए पछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्धाको पेशी आज राखिएको छ ।ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो ।गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो ।

सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलगायतले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

तर, उनीहरुको रिटमा सुनवाई जारी रहेको भन्दै न्यायधिसद्धय न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आजका लागि पेशी तोकेको हो ।

nijgadh-supermart-adz1200-630