skip this

सर्वोच्च अदालतमा सांसद विकास कोष खारेजीको रिट दर्ता

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै आज अधिवक्ता अनिल आचार्यसमेतले सार्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिटको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको जिकीर गरिएको छ । उक्त कार्यक्रमअनुसार प्रतिनिर्वाचन क्षेत्र ५ करोडका दरले दिने गरी रकम विनियोजन गरिएको रिटमा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630