कारबाही फुकुवा भएसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराको कार्यबाहक सभापति भए पाल
वि.सं.२०८० भदौ ४ सोमवार १५:३३

बारा–कलैया–नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराको कार्यवाहक सभापतिको जिम्मेवारी अमिरी लाल पालले पाएका छन् ।
उप–सभापति रहेका पाल स्थानीय तह निर्वाचनमा अन्र्तघात गरेको भन्दै कारबाहीमा परेका थिए ।
जिल्ला सभापति राजेश राय यादब जिल्ला बाहिर रहने भएकोले नेपाली कांग्रेसको विधानको धारा १२(७) (ट) बमोजिम पाललाई अनुउपस्थित रहेसम्म कार्यालयको दैनिक कार्य संचालन गर्न गराउन कार्यवाहक सभापति तोकेको हुन् ।
२ भदौंमा बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले उपसभापति पालसहित १० जना नेताको कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभा क्षेत्र नं. २ निर्वाचनमा गठबन्धको उम्मेदवारलाई जिताउन सक्रिय भुमिका खेलेको भन्दै यसअघि कारबाहीमा परेका नेताहरुको कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
वि.सं.२०८० भदौ ४ सोमवार १५:३३

















