skip this

मुन्धुम संस्कृति अनुसार नेम्वाङको अन्तिम संस्कार गरिने

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।गए राती हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो ।हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राती १ बजे निधन भएको थियो ।

संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम संस्कार भने हाल अष्ट्रेलियामा रहेका छोरा स्वदेश फर्के पछि मात्रै गरिनेछ । छोरा नेपाल फर्के पछि मात्रै अन्तिम संस्कार गरिने भएकाले नेम्वाङको पार्थिब शरिर च्यासलस्थित केन्द्रिय कार्यालयमा राखिनेछ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

nijgadh-supermart-adz1200-630