skip this

घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु

756 shares
oil-nigam-amlekhgunj-adv.jpeg

दोहा : वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । भानु नगरपालिका तनहुँका ३३ बर्षीय सन्तोष अधिकारीको राति सुतेको अवस्थामा मृत्यु भएको हो ।
  रातिको ड्युटीलाई सकेर खाना खाइसकेपछि कोठामा सुतेका अधिकारी राति खोकेको सुनेपछि साथीहरूले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । स्थानीय प्रहरीको सहयोगमा साथीहरूले उनलाई अस्पताल पुर्‍याएका थिए ।
   अस्पतालले उनलाई तत्कालै मृत्यु भएको जनाएको छ । उनी साउदी अरबमा रहेको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम शाखामा वायर हाउसमा कार्यरत थिए । उनी आउँदो फेब्रुअरीमा नेपाल फर्किने तयारीमा थिए ।
  नेपाली दूतावास स्रोतका अनुसार मृतकको शवलाई कम्पनी र परिवारसँग समन्वय गरेर जतिसक्दो चाँडो नेपाल पठाइने तयारी थालिएको छ ।
   उनको परिवारमा आमा, पत्नी, एक छोरा र एक छोरी रहेको नजिकका साथीभाइहरूले बताएका छन् ।

nijgadh-supermart-adz1200-630