मुद्धामा अल्झाएर चुनावी अभियान रोक्न खोजियो : डोनाल्ड ट्रम्प
वि.सं.२०८० असोज १६ मंगलवार १०:२८
FILE - Former President Donald Trump speaks at a rally at the Delaware County Fairgrounds, April 23, 2022, in Delaware, Ohio. The New York attorney general’s office said Monday, May 23, 2022, it subpoenaed Donald Trump’s longtime executive assistant, Rhona Graff, and plans to question her under oath next week as part of its civil investigation into the former president's business dealings. (AP Photo/Joe Maiorana, File)
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या अझै रोकिएको छैन । हिजोबाट उनीविरुद्ध नागरिक ठगी मुद्दामा सुनुवाइ सुरु भएको छ । सोमबार उनी न्युयोर्कको अदालतमा हाजिर हुन पुगेका थिए । अदालतबाट बाहिर आएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि राजनीतिक हमला भएको जिकिर गरेका छन् । उनका अनुसार यसको उद्देश्य उनलालाई चुनावी प्रचार प्रसार गर्न जानबाट रोक्नु हो।
डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित हुनु परेका कारण न्यु ह्याम्पशायर, साउथ क्यारोलिना र अन्य ठाउँमा चुनाव प्रचार गर्न जान नसकेकोमा निराशा व्यक्त गरेका छन् । ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरुको योजना सफल भएकोसमेत बताएका छन् । उनीले आफुलाइ प्रचारप्रसार गर्नबाट रोक्न बिपक्षीहरू सफल भएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन ।
किनभने दिनभर अदालत मै बिताउनु परेका कारण पुर्व निर्धारित योजना अनुसार ट्रम्प चुनाव प्रचार प्रसारमा जान पाएनन् । दिनभर अदालतमा बसेका कारण चुनावी प्रचारका लागि न्यु ह्याम्पशायर, साउथ क्यारोलिना र अन्य ठाउँमा जान नपाएको ट्रम्पले बताएका छन् ।
जब डोनाल्ड ट्रम्पलाई सोधिएको थियो कि मंगलबार पुनः हाजिरीका लागि अदालतमा आउन सक्नु हुन्छ रु यो प्रश्नको जवाफमा पूर्व राष्ट्रपतिले आफू अदालतमा आउन रुचाउने ब्यक्ति नभएको बताए। बरु आफु चुनावी प्रचार गर्न रुचाउँने भएकाले त्यता जान चाहेको बताएका थिए ।
अदालतको जारी सुनुवाइको क्रममा न्यूयोर्कका महान्यायाधिवक्ता र ट्रम्पका लामो समयदेखि लेखापाल रहेका डोनाल्ड बेन्डरलाई पहिलो साक्षीको रुपमा बोलाइएको थियो। ती पुर्ब लेखापालले सन २०११ को आर्थिक कागजातको बारेमा बयान दिएका छन ।
ट्रम्पविरुद्ध ठगी मुद्दामा सुनुवाइ सुरुः
ट्रम्पका पूर्व प्रमुख वित्तीय अधिकारी रहेका एलेनले ट्रम्पको तर्फबाट २०११ को कागजातमा हस्ताक्षर गरेको र तथ्याङ्क सही भएको बताएका छन । उही समयमा, ट्रम्पका पूर्व लेखापाल ब्यान्डरले अदालतमा भने कि यदि ट्रम्पको संगठनले सही तथ्याङ्कहरू खुलासा गरेको थाहा नभएको जनाउँदै उनले लेखा फर्म मजार्स यूएसएले वित्तीय विवरणहरू जारी गर्ने थिएन होला भन्ने प्रतिक्रिया दिएका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध ठगी मुद्दामा सोमबारबाट सुनुवाइ सुरु भएको हो । यसै सन्दर्भमा उनी न्यूयोर्कको अदालतमा उपस्थित हुन आएका हुन । उनीमाथि आफ्नो घरजग्गा व्यवसायको बारेमा झूट बोलेर १०० मिलियन डलर कमाएको आरोप छ। न्यूयोर्कका महान्यायाधिवक्ताले ट्रम्पविरुद्ध यो मुद्दा दायर गरेका हुन् ।
वि.सं.२०८० असोज १६ मंगलवार १०:२८
















