ट्रान्सफर्मर जडान भएपछि लालको गाउँमा खानेपानी वितरणमा सहज
वि.सं.२०८० असोज १७ बुधवार १०:४९
1.25K
shares

बाराको निजगढ नगरपालिका वडा नं. १० लालमा खानेपानी मोटर सञ्चालनमा हुँदै आएको समस्या समाधान भएको छ ।
धेरै वर्ष अघि देखी कम भोल्टेजको कारणले झेल्दै आएको खानेपानीको मोटर नचल्ने समस्या समाधान भएको नेकपा (माओवादी केन्द्र) का नेता कुमार मोक्तानले बताए ।
वडा सदस्य समेत रहेका मोक्तानका अनुसार लालको सुन्दर बस्ती, पर्तिटोलमा मङ्गलबाट नयाँ ट्रान्सफर्मर जडान भएपछि समस्याको समाधान गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले स्थानीयको समस्या समाधान गरेको भन्दै मोक्तानले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई धन्यवाद ज्ञापन गरेका छन् ।
वि.सं.२०८० असोज १७ बुधवार १०:४९
















