skip this

कोल्हवी नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाएर कर्मचारीले सुरु गरे पेन डाउन

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको कोल्हवी नगरपालिकाका कर्मचारीहरुले विहीबार पेन डाउन गरेका छन् ।

कोल्हवी नगरपालिकाको स्थानीय तह कर्मचारी संघर्ष समितिले नगर प्रमुख रामप्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाएर कर्मचारीहरुले पेन डाउन गरेका हुन् ।

समितिले विहीबारदेखि नगरपालिका अन्तर्गत सवै शाखा÷वडा कार्यालयहरूमा अत्यावश्यक सेवा वाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालिन पेन डाउन गर्ने जानकारी गराएको छ ।

स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिद्वारा जारी दबाबमूलक कार्यक्रममा ऐक्यवद्धता जनाउदै सो समितिको असोज १८ र २० गतेको निर्देशन/परिपत्रानुसार २२ असोजदेखि अनिश्चितकालिन काठमाण्डौंमा भईरहेको वृहत् दवाबमुलक कार्यक्रममा सहभागि हुन कर्मचारी काठमाडौं जाने भएपछि पेन डाउन गरिएको समितिले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630