skip this farak Kura Pravakar

बलात्कारको आरोपमा दुईजना पक्राउ

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई हाल झापा बिर्तामोड नगरपालिका–६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630