skip this

माओवादी नेतृ अरुणालाई पितृ शाेक

2.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा(माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य मैयादेवी विक अरुणालाइ पितृ शाेक परेकाे छ ।

निजगढ नगर कार्यपालिका सदस्य समेत रहेकी अरुणाका पिता कविराम सुनारको ५७ वर्षको उमेरमा निधन भएको छ ।

निजगढ वडा नं ५ स्कुलचौर बागदेवस्थित निजि निवासमा निधन भएका सुनारकाे श्रीमती, एक छाेरा र एक छाेरी छन् ।

यसैबीच उनकाे असामयिक निधनको घटनाप्रति नेकपा (माओवादी केन्द्र) का नेताहरुले दुख व्यक्त गरेका छन् ।

पार्टीका प्रदेश सदस्य रविराज दंगालले निधनकाे खबरले मर्माहत तुल्याएकाे बताए । उनले दिवंगत बुबा प्रती हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यसैबीच सुनारकाे शनिबार विहान बकैया खाेलामा अन्तिम दाहसंस्कार गरिएकाे छ । उनलाई छाेरा मदनले दागबत्ती दिएका छन् ।

दाहसंस्कारमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधिसहित स्थानीय सहभागी भएका छन् ।

nijgadh-supermart-adz1200-630