skip this

कुमारी बैँकको सीईओमा रामचन्द्र खनाल नियुक्त

3.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ–कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि दिएको राजीनामा स्वीकृत गरेसँगै खनाललाई सीईओको जिम्मेवारी दिएको हो । उनको नियुक्ति आजबाटै लागू हुने बैँकले जनाएको छ ।

यसअघि खनाल कुमारी बैंकमै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

कुमारी र एनसीसी बैंक मर्जरपछि कुमारी बैँकमा खनाल दोस्रो वरियतामा थिए । उनलाई बैँक सञ्चालक समितिले आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

nijgadh-supermart-adz1200-630