करेन्ट लगाएर माछा मार्न खोज्दा पोखरामा दम्पतीकै मृत्यु
वि.सं.२०८० मंसिर ५ मंगलवार ०९:१४
2.29K
shares
सांकेतिक तस्बिर
पोखरा-पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ । उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो ।
दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।
वि.सं.२०८० मंसिर ५ मंगलवार ०९:१४

















