skip this farak Kura Pravakar

निजगढ १२ मा १६ कट्ठामा लगाएको गाँजा खेती फँडानी गरेर नष्ट

2.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नं.१२ को विभिन्न ठाउँमा लगाईएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले १६ कट्ठामा लगाएको गाँजा खेती फँडानी गरेको हो ।

कुलिया, थली र सालबिसौनीमा २० हजार बोट गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार कुलिया र थलीमा एक÷एक कट्ठा र सालबिसौनीमा १४ कट्ठा खेतमा लगाएको गाँजा खेती नष्ट गरिएको हो ।

गाँजाको खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630