बागदेव दुग्ध सहकारीको अध्यक्षमा एक मात्रै उम्मेदवारी ! अरु कुन पदमा कति मनोनयन ?
वि.सं.२०८० पुस १५ आइतवार २१:३८

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति र लेखा समितिको चयनको लागि भएको आह्वान भए अनुसार आईतबार मनोनयन दर्ता भएको छ ।
निर्वाचन उपसमितिकाले मनोनयनको अन्तिम नामावली सोमबार विहान १०ः०० बजे प्रकाशन गर्ने कार्यसूची छ ।
स्रोतबाट प्राप्त सूचना अनुसार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी परेको छ । निवर्तमान अध्यक्ष थानेश्वर सापकोटा ‘अविरल’ को मात्र उम्मेदवारी परेको हो । उनी नेकपा एमालेका हुन् ।
त्यसैगरि उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ भने सचिवमा दुई, कोषाध्यक्षमा तीन, सहसचिवमा दुई जनाको उम्मेदवारी परेको छ ।
एमालले सबै पदमा उम्मेदवारी दिएको छ भने राप्रपाले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र दुई सदस्य पदमा उम्मेदवारी दर्ता र रास्वपाले कोषाध्यक्षसहित दुई जना सदस्य पदमा उम्मेदवारी दिएको बुझिएको छ ।
सत्ता गठबन्धनका तीन दलले विज्ञप्ती नै निकालेर सहमतिको वातावरण नबनेपछि मतदान नै हुने अवस्था आएपछि उम्मेदवारी दर्ता नगराएको जनाएको छ । नेपाली कांग्रेस, निजगढ सभापति नवराज तिमल्सिना, नेकपा माओवादी केन्द्र, निजगढ अध्यक्ष सन्तोष दंगाल, एकीकृत समाजवादी पार्टी, निजगढ अध्यक्ष भिमप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।
बागदेवमा जुटेन सहमती ! सत्ता गठबन्धन बाहिरियो, एमाले, राप्रपा र रास्वपाको छुट्टै उम्मेदवार
वि.सं.२०८० पुस १५ आइतवार २१:३८

















